२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आइसीसी क्रिकेट विश्वकप लिग–२ः नेपाल र नामिबियाबीच खेल हुँदै


सञ्चार डबली
  • बुधबार, फागुन ९ २०८०
  • 9.6K
    SHARES

  • images
    आइसीसी क्रिकेट विश्वकप लिग–२ः नेपाल र नामिबियाबीच खेल हुँदै

    काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र नामिबियाबीच खेल हुँदैछ। यस खेलमा नामिबियाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। जस अनुसार नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । आजको खेलमा नेपालले एक परिवर्तन गर्दै गुलशन झाको ठाउमा  करण केसीलाई टिम सामेल गरेको छ। 

    यस अघि नेपालले पहिलो खेलमा नामिबियासँग ४ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो। त्यस्तै नामिबियाले नेदरल्याण्डससँग हार बेहोरेको थियो। नेपाल र नामिबियाबीच अहिलेसम्म ७ एकदिवसीय खेल भएका छन्। 

    जसमा नामिबियाले ४ खेल जितेको छ भने नेपालले २ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन। नेपालको प्लेइङ ११– रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी र ललित राजवंशी।

    लिग–२ मा ८ देश खेलिरहेका छन्। जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन्। आइसीसीका अनुसार लिग–२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन्।

    सिरिजको खेल तालिकाः
    फागुन ११ गते शुक्रबार( नामिबियाविरुद्ध नेदरल्यान्ड्स।
    फागुन १३ गते आइतबार( नेपालविरुद्ध नेदरल्यान्ड्स।    

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend