२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रियल म्याड्रिड रायो भल्लेकानोसँग बराबरीमा रोकियो


सञ्चार डबली
  • सोमबार, फागुन ७ २०८०
  • 9.4K
    SHARES

  • images
    रियल म्याड्रिड रायो भल्लेकानोसँग बराबरीमा रोकियो

    काठमाडौँ, ६ फागुन । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतबार सम्पन्न खेलमा रियल म्याड्रिड रायो भल्लेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको हो । यस खेलमा रियल म्याड्रिडले खेलको तेस्रो मिनेटमा नै जोसेलुको गोलमा शुरुवाती अग्रता लिएपनि अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो ।

    रायो भल्लेकानोका लागि खेलको २७औं मिनेटमा राउल डे टोमासले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । यस खेलमा खेलको ९५औं मिनेटमा रियल म्याड्रिडका डानी कारभाजोलले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाउदै मैदान छोडेका थिए । यो बराबरीपछि रियल म्याड्रिडको २५ खेलमा ६२ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी रायो भल्लेकानोको २५ खेलमा २५ अंक भएको छ र लिगमा १४औं स्थानमा रहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend