२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images
नेदरल्याण्ड्समाथि नेपाल विजयी, अनिल र आसिफको अर्धसतक 

नेदरल्याण्ड्समाथि नेपाल विजयी, अनिल र आसिफको अर्धसतक 


सञ्चार डबली
  • शनिबार, फागुन ५ २०८०
  • 9.6K
    SHARES

  • images
    नेदरल्याण्ड्समाथि नेपाल विजयी, अनिल र आसिफको अर्धसतक 


    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले  नेदरल्याण्ड्समाथि नेपाल ९ विकेटको जित निकालेको छ । टीयू क्रिकेट मैदानमा नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५।२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो ।

    नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे ।यसअघि टस हारेर पहिलले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स ३९ ओभरमा १३७ रनमा समेटिएको थियो ।

    नेदरल्यान्डका कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३, साइब्रान्ड एंगलब्रेक्ट २३, म्याक्स ओ’डाउड १०, बास डे लिड २७, नोआह क्रोस १२, आर्यन दत्त र माइकल लेभिट शून्य रनमा आउट भएका थिए । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४, ललिल राजवंशीले २, सोमपाल कामी र कप्तान रोहित पौडेलले एकएक विकेट लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend