२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आइसीसी विश्वकप क्रिकेट लिग-२ : दोस्रो खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै


सञ्चार डबली
  • शनिबार, फागुन ५ २०८०
  • 8.1K
    SHARES

  • images
    आइसीसी विश्वकप क्रिकेट लिग-२ : दोस्रो खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै

    ५ फाल्गुन २०८०, शनिबार

    काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग- २ (२०२३-२०२७) सिरिज अन्तर्गत आज नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाल पहिलो जितको खोजीमा हुनेछ। विश्वकप खेलेर आएको नेदरल्याण्ड्ससमेत उच्च मनोबलका साथ मैदानमा हुनेछ। नेपालले भने घरेलु मैदानको फाइदा लिनसक्छ। यो खेल शनिबार बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुँदैछ।

    सन् २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत काठमाडौँमा सिरिज सुरु भएको हो। क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल र देवलाई क्यानले लिग- २ खेल्ने टिममा समावेश गरेको छ।

    क्यानले लिग- २ मा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलसन झालाई समेटेको छ। लिग- २ को सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेका छन्।

    आईसीसीले क्रिकेट विश्वकपमा छनौट हुन यस अघि (२०१९-२०२३) मा पनि यही फर्म्याटमा प्रक्रिया सुरु गरेको थियो। लिग- २ मा नेपालसहित ८ देश नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका सहभागी छन्।

    आईसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुनेछन् भने पछाडि रहेका ४ देशले विश्वकपमा छनौट हुने अवसर पाउने छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend