२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल ए क्रिकेट टिमले क्यानडा-११ सँग तीन खेल खेल्ने


  • शुक्रबार, फागुन ४ २०८०
  • 9.0K
    SHARES

  • images
    नेपाल ए क्रिकेट टिमले क्यानडा-११ सँग तीन खेल खेल्ने

    काठमाडौं, ४  फागुन । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ र क्यानडा- ११ बीच हुने तीन खेलको तालिका सार्बजनिक गरेको छ ।

    मुलपानी क्रिकेट मैदानमा हुने तीन खेलमा फेब्रुअरी १८ मा पहिलो, फेब्रुअरी २० मा दोस्रो र् फेब्रुअरी २२ मा तेस्रो खेल हुने क्यानले जानकारी दिएको हो । 

    क्यानले यसअघि क्यानडाविरुद्ध खेल्ने १६ सदस्यीय नेपाल ए टिमको  घोषणा गरिसकेको छ । 

    क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोलीको घोषणा गरेको हो ।
    नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।

    नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।

     



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend