२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

इङल्याण्डविरुद्ध भारतको उत्कृष्ट शुरुवात, रोहित र रविन्द्रको शतक


  • बिहीबार , फागुन ३ २०८०
  • 10.1K
    SHARES

  • images
    इङल्याण्डविरुद्ध भारतको उत्कृष्ट शुरुवात, रोहित र रविन्द्रको शतक

    काठमाडौं, ३ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजको तेस्रो खेलमा उत्कृष्ट शुरुवात गरेको छ।

    टेस्टको पहिलो दिन टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५ विकेट गुमाउदै ३२६ रन बनाएको छ।

    भारतका अलागी कप्तान रोहित शर्मा १३१ रनको शतकीय पारी खेलेर आउट भएका छन्। रोहितको टेस्ट क्रिकेटमा यो ११औं शतक हो।

    त्यस्तै रविन्द्र जडेजाले पनि शतक प्रहार गर्दै ११० रन बनाएर खेलिरहेका छन् । त्यस्तै आफ्नो डेभ्यु टेस्ट खेलेका सरफराज खानले ६२ रन बनाएर आउट भए भने यशस्वी जैसवालले १०, शुभमन गिल शुन्य, रजत पाटिदारले ५ रन बनाए ।

    त्यसैगरी इङल्याण्डका बलर मार्क वूडले ३ विकेट लिए भने टम हार्टलीले एक विकेट लिए ।      



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend