२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आईसीसी क्रिकेट विश्वकप लिग–२ : सुखद सुरुआतको लक्ष्यमा नेपाल


  • बिहीबार , फागुन ३ २०८०
  • 9.2K
    SHARES

  • images
    आईसीसी क्रिकेट विश्वकप लिग–२ : सुखद सुरुआतको लक्ष्यमा नेपाल

    काठमाडौं, फागुन ३ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा आज नेपालले अफ्रिकी प्रतिद्वन्दी नामिबियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । 

    आजबाट घरेलु मैदानमा हुने त्रिदेशी शृंखलामा नेपाल जितसहित सुखद सुरुआतको लक्ष्यमा छ । 

    “तयारीको कुरा गर्दा क्यानडासँगको शृंखला हाम्रो लागि निक्कै महत्वपूर्ण थियो । उक्त शृंखलामा सबैजना राम्रो लयमा देखिएका छन् । त्यो तयारी हाम्रो एकदमै राम्रो थियो,” शृंखलाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा रोहितले भने, “लिग–२ को कुरा गर्दा सन् २०१९–२३ सम्म भएको बेला हामीले सुरुआत राम्रो गर्न सकेका थिएनौँ । एकदमै महत्वपूर्ण प्रतियोगिता भएकाले यसपटक हामी सुखद सुरुआत गर्ने लक्ष्यमा छौँ । पूरा टिम उत्साहित छ ।”

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र नामिबियाबीचको यो खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ ।

    लिग–२ को पहिलो शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् । लिग–२ मा सहभागी आठ टिममध्ये अंक तालिकाको शीर्ष चारमा रहने टिम सोझै विश्वकप छनोटमा पुग्नेछन् । पुछारका चार टिमले प्लेअफ खेल्नुपर्नेछ ।

    यसअघि सन् २०१९ देखि २०२३ सम्म भएको प्रतियोगिताको शीर्ष चारमा रहँदै नेपालले सोझै जिम्बाब्वेमा भएको विश्वकप छनोट खेलेको थियो ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend