२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य


सञ्चार डबली
  • बुधबार, फागुन २ २०८०
  • 8.5K
    SHARES

  • images
     कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य


    काठमाडौं । कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउदै ७३ रन बनाएको हो ।कुवेतका लागि प्रियादा मुरलीले सर्बाधिक २९ रन बनाएकी थिइन् भने शान्थी बलासुब्रमन्यन र खादिजा खालीलले १३–१३ रन बनाएका थिए ।
     
    कुवेतलाई ७३ रनमा रोक्ने क्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक लिएकी थिइन् । सीताले खेलको १३औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिदै आफ्नो ह्याट्रिक पुरा गरेकी थिइन् ।त्यस्तै नेपालका लागि रुबिना क्षेत्री र कबिता कुँवरले २–२ विकेट लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend