२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गायक प्रदीपको 'तै मायाको' मा सुनिल र एलिशाको अभिनय


सञ्चार डबली
  • शनिबार, वैशाख ३० २०८०
  • 11.8K
    SHARES

  • images
    गायक प्रदीपको 'तै मायाको' मा सुनिल र एलिशाको अभिनय


    काठमाडौं, ३० वैशाख । गायक प्रदीप कार्कीको स्वर रहेको तै मायाको बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दोलखामा जन्मे हुर्केका गायक कार्की हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् ।

    गायक कार्की र संगीतकार दीपक शर्माको सहकार्यमा तयार सार्वजनिक गीतमा दीपकको शब्द तथा संगीत रहेको छ । जसमा रिकेश गुरुङको एरेन्ज रहेको छ भने किशोर थापाको मिक्सङ तथा मास्टरिङ रहेको छ । डान्सिङशैलीमा तयार छमछम नचाउने सार्वजनिक गीतले एक रोमान्टिक प्रेम जोडीको प्रेम कहानीलाई देखाएको छ ।

    मोडल सुनिल क्षेत्रीको अभिनय रहेको तै मायाको निर्देशन पनि उनले नै गरेका हुन् । जसमा अभिनयमा सुनिललाई मोडल एलिशा शर्माले साथ दिएकी छिन् । दुर्गा पौडेलको छायांकन रहेको भिडियोको सम्पादन विकाश ज्ञवालीले गरेका हुन् ।

    गायक कार्कीका यसअघि सुनै सुनको तिलहरी, यो जिन्दगी, मेरा लागि तिमी भन्दा, बिचै बाटो, लगायतका दर्जन बढी गीतहरु सार्वजनिक भइसकेका छन् । उनको आविश्कार नामक एल्बमले राम्रो चर्चा कमाएको थियो । सार्वजनिक गीतको भिडियो गायक कार्कीको अफिसियल च्यानलबाट बजारमा आएको हो ।

    भिडियो लिंकःhttps://youtu.be/HnWfIPd_ozM

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend