काठमाडौँ– गायिका तथा मोडल टीना शेर्पालीले नयाँ कोसेली “धोखा” लिएर आएकी छिन् । डा. गोपाल पौडयाल ‘मण्डने’ को शब्दमा, शंकर रेगरको निर्देशनमा महादेव रेगरले प्रोडुसर र परमिंदर कालराको सम्पादन तथा संगितकार शक्ति बल्लभ रहेको उक्त म्यूजिक भिडियोमा मोडल कलाकारहरु टीना शेर्पाली, सौरभ पाठक, अर्पता दास र किरण राजपुतको धमकेदार प्रस्तुती रहेको छ ।
समकालीन कलाकार भन्दा फरक देखिन रुचाउने गायिका शेर्पालीले कुनै स्टेज कार्यक्रममा मात्र होइन आफ्ना एल्बमहरुमा समेत नेपाली समाज र समय सापेक्ष सन्देश पस्कने गर्दछिन् । गीत संगीतबाट संस्कृतिलाई जगेर्ना र संरक्षण गर्नको लागि आफूले मौलिक गीतलाई प्राथमिकता दिदै आएकोले सांगीतिक यात्रामा अझै अघि बढ्दै जाने र सांगीतिक क्षेत्रलाई निरन्तर अघि बढाउने योजना रहेको बताउछिन् ।
सदाबहार गायिका टीना शेर्पालीको आवाजमा रहेको नयाँ गीत “धोखा” टीना शेर्पाली युटूव च्यानलबाट भर्खरै मात्रै (भिडियो सहित) सार्वजनिक भएको हो ।



