२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 यस्तो छ मिथुन चक्रबतीको स्वास्थ्य, बाहिर आयो भिडियो


सञ्चार डबली
  • सोमबार, माघ २९ २०८०
  • 10.8K
    SHARES

  • images
     यस्तो छ मिथुन चक्रबतीको स्वास्थ्य, बाहिर आयो भिडियो


    काठमाडौं । अभिनेता मिथुन चक्रवर्ती स्वास्थ्य बिग्रिएपछि हाल अस्पताल भर्ना भएका छन् ।  अभिनेतालाई कोलकाताको एपोलो अस्पतालमा भर्ना गरिएको छ । मिथुनले छाती दुखेको गुनासो गरेपछि उनलाई आकस्मिक अस्पतालमा भर्ना गरिएको थियो । यसैबीच अस्पतालबाट एउटा भिडियो सार्वजनिक भएको छ ।

     उक्त भिडियोलाई समाचार एजेन्सी एएनआईले इन्स्टाग्राममा पोस्ट गरेको हो । यस भिडियोमा मिथुन चक्रवर्ती अस्पतालको बेडमा सुतेको देखिन्छ । यस समयमा डाक्टरहरू उनको वरिपरि उभिन्छन्। 

     यसै क्रममा कोलकाता बीजेपी प्रमुख सुकान्त मजुमदार उनलाई भेट्न आएका छन् । भिडियोमा डाक्टरले मिथुनलाई आफ्नो स्वास्थ्यको अपडेट दिएको सुनिएको छ । यस क्रममा मिथुन आफैं डाक्टरसँग कुरा गरिरहेको देखिन्छ ।

     यस भिडियोमा मिथुन चक्रवर्तीको अवस्था पनि पहिलेको भन्दा निकै राम्रो देखिन्छ । यद्यपी, अभिनेता अस्पतालबाट कहिले डिस्चार्ज हुने भन्ने टुंगो छैन । तर यो भिडियो हेरेपछि उनका फ्यानहरुले निकै राहत पाएका छन् ।

     अपोलो अस्पतालले विज्ञप्ति जारी गरी मिथुन चक्रवर्तीको स्वास्थ्य अपडेट दिएको थियो । उक्त विज्ञप्तिमा लेखिएको छ,  ‘राष्ट्रिय पुरस्कार विजेता अभिनेता श्री मिथुन चक्रवर्ती  (७३) लाई दाहिने माथिल्लो र तल्लो हातमा कमजोरी भएको गुनासोसहित बिहान ९ः४० बजे अपोलो मल्टिस्पेशलिटी अस्पताल, कोलकाताको आपतकालीन विभागमा ल्याइएको थियो । उनको मस्तिष्कको एमआरआई, आवश्यक प्रयोगशाला र रेडियोलोजी परीक्षण गरिएको छ ।’
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend