२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

फुटबलमा निलो कार्डु ल्याउने तयारी


सञ्चार डबली
  • शुक्रबार, माघ २६ २०८०
  • 9.8K
    SHARES

  • images
    फुटबलमा निलो कार्डु ल्याउने तयारी

    काठमाडौं, २६ माघ । लोकप्रिय खेल फुटबलमा अब थप अर्को कार्ड प्रयोगमा आउने बारे बहस शुरु भएको छ। हाल पहेलो र रातो कार्ड प्रयोग भइरहेकोमा अब निलो कार्ड पनि प्रयोग गर्ने बारे फिफाको आगामी मार्च १ मा हुने साधारण सभामा छलफल हुने भएको हो। टेलिग्राफको रिपोर्ट अनुसार निलो कार्डको ट्रायल छिटै हुने बताइएको छ। रिपोर्टमा यसै सातादेखि ट्रायल हुने भनिएपनि फिफाले भने यसको खण्डन गरेको छ।

    रिपोर्टमा अन्तर्राष्ट्रिय फुटबल एसिसियासन बोर्डले यसै साता निलो कार्डको ट्रायल गर्ने र अर्को सिजनदेखि सबै खेलमा लागु गर्ने दाबि गरिएको छ। निलो कार्ड कुनै खेलाडीले खेलका क्रममा फाउल गरेमा रेफ्रीले सो खेलाडीलाई १० मिनेटका लागि मैदान बाहिर पठाउन सक्ने गरि प्रयोगमा ल्याउन थालिएको बताइएको छ।

    तर फिफाले भने निलो कार्ड अर्थात ब्लू कार्ड प्रयोगको विषय अहिले ट्रायल नहुने र यस विषयमा आगामी मार्च १ मा हुने एजिएममा छलफल हुने स्पष्ट गरेको छ। फुटबलमा ब्लू कार्ड को प्रयोग भने केहि ग्रासरुट प्रतियोगिताहरुमा भने प्रयोगमा रहेको छ।

    प्रोफेसनल फुटबलमा ब्लू कार्डको प्रयोग बारे युइएफएका प्रेसिडेन्टले भने यसको विपक्षमा आफ्नो मत राख्दै यसले फुटबललाई फुटबलको रुपमा नराख्ने प्रतिक्रिया दिएका छन्।

    रातो र पहेलो बाहेक अहिले पोर्चुगलमा सेतो कार्ड पनि प्रयोगमा रहेको छ। सेतो कार्डको प्रयोग भने खेलका क्रममा खेलाडीले देखाएको खेल भावनाको कदर गर्न रेफ्रीले रयोग गर्ने गरेका छन्। पोर्चुगल फुटबल फेडेरेसनले फुटबलमा खेल भावना बढाउन सेतो कार्ड प्रयोगमा ल्याएको बताएको छ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend