२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आयोजक कतार लगातार दोस्रोपटक एसियन कपको फाइनलमा


सञ्चार डबली
  • बिहीबार , माघ २५ २०८०
  • 9.2K
    SHARES

  • images
    आयोजक कतार लगातार दोस्रोपटक एसियन कपको फाइनलमा

    बुधबार, २५ माघ, २०८०

    काठमाडौं । रोमाञ्चक खेलमा इरानविरुद्ध ३–२ को जित निकाल्दै साविक विजेता कतार एएफसी एसियन कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार कतारको अल थुमाम रंगशालामा सम्पन्न खेलमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै घरेलु टिमले फाइनल यात्रा तय गरेको हो ।

    खेलको चौथो मिनेटमा अर्दार अजुमोउनले गोल गर्दै इरानलाई अग्रतामा राखेका थिए । तर, १७औँ मिनेटमा जासिम गाबेर अब्दुलसलामले गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काएका थिए । ४३औँ मिनेटमा अक्रम अफिफले गोल गरेपछि कतारले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो ।

    ५१औँ मिनेटमा अलिरेजा जाहानबक्सले पेनाल्टी सदुपयोग गर्दै पुनः इरानलाई खेलमा फर्काएका थिए । तर, खेलको निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा अल्मोइज अली निर्णायक गोल गरेपछि कतार रोमाञ्चक जितसहित लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । इन्जुरी समयमा ओजाइ खलिलजदेहले रातो कार्ड पाउँदै मैदान छोडेपछि इरान १० खेलाडीमा समेटिएको थियो ।

    कतारले अब उपाधिका लागि फेब्रुअरी १० मा जोर्डनसँग खेल्ने छ । यसअघि जोर्डनले पहिलो सेमिफाइनलमा दक्षिण कोरियालाई २–० ले हराउँदै पहिलोपटक एसियन कपको फाइनलमा स्थान बनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend