२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सुनिता थेगिम र खुशी लिम्बूद्धारा स्वरबद्द मैच्याङको गालाको कोठी सार्वजनिक


सञ्चार डबली
  • बुधबार, माघ २४ २०८०
  • 13.3K
    SHARES

  • images
    सुनिता थेगिम र खुशी लिम्बूद्धारा स्वरबद्द मैच्याङको गालाको कोठी सार्वजनिक

    काठमाडौं । खुशी लिम्बूको " मैच्याङको गालाको कोठी " गीत सार्वजनिक भएको छ । खुशी लिम्बू र सुनिता थेगिमको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

    जानू काम्बाङ् लिङदेनको शब्द रहेको यस गीतको संगीत तारा प्रकाश लिम्बुले गरेका हुन् । गीतको भिडियोमा खुशी लिम्बू स्वयं र मोडल तथा अभिनेत्री बिमला खजुम लिम्बूको अभिनय रहेको छ । भिडियोको कोरियोग्राफी सुरेश पाण्डे र छायाङकन सौरभ लामाले गरेका हुन् भने सम्पादन अनिल राना तथा श्रृङ्गार सञ्जु थल्लङले गरेकी हुन् । गीत खुशी लिम्बूको अफिसियल युट्युब च्यानलबाट प्रसारण गरिएको छ । 

    आफैंले गाएको गीतमा अभिनय गरेर कला क्षेत्रमा खुशी लिम्बूले पहिलो कदम राखेका छन् । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूके, आदिवासी जनजाति महासंघ यूके लगायत बेलायत र हङकङका एक दर्जन जति सामाजिक र राजनीतिक संस्थाहरुमा खुशी लिम्बूले नेतृत्वदायी भूमिकामा रहेर काम गरेका छन् । उनी हाल नेपाल मामिला डट कमका प्रधान सम्पादक नेपालमा एक लगानीकर्ता हुन् ।

     


     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend