२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

दक्षिण कोरियालाई स्तब्ध बनाउदै जोर्डन पहिलो पटक एशियन कपको फाइनलमा


  • बुधबार, माघ २४ २०८०
  • 9.0K
    SHARES

  • images
    दक्षिण कोरियालाई स्तब्ध बनाउदै जोर्डन पहिलो पटक एशियन कपको फाइनलमा

    काठमाडौं, २३ माघ । दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन एशियन कपको फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा जोर्डनले दक्षिण कोरियालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

    पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा जोर्डनले २ गोल गरेर खेल जितेको थियो । जोर्डनको जितमा याजन अल नैमत र मुसा अल तामारीले एक एक गोल गरेका थिए ।

    जोर्डन पहिलो पटक एशियन कपको फाइनलमा पुगेको हो । यो जित सँगै अब जोर्डनले फाइनलमा इरान र कतारबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ । इरान र कतारबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुने छ ।


     



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend