२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

लोकदोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष रमेश बिजीले गरे विवाह


सञ्चार डबली
  • मंगलबार, माघ २३ २०८०
  • 13.9K
    SHARES

  • images
    लोकदोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष  रमेश बिजीले गरे विवाह

    मंगलबार, माघ २३ २०८०
    काठमाडौँ । लोकदोहोरी गायक, सर्जक तथा लोकदोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष रमेश बिजीले विवाह गरेका छन् । उनले आफ्नै गृह जिल्ला स्याङ्जा निवासी शर्मिला श्रेष्ठसँग प्रेम विवाह गरेका हुन् ।

    बिजी र श्रेष्ठको विवाहको हल्ला केही अगाडि नै साङ्गीतिक क्षेत्रमा छाएको थियो । तर आधिकारिक रूपमा भने उनीहरुले स्वीकार गरेका थिएनन् । अहिले भने गायक बिजी आफैले सार्वजनिक गरेका हुन् ।

    विवाह सार्वजनिक भएपछि उनलाई सामाजिक सञ्जालमा आफन्त, साथीभाइले बधाई दिइरहेका छन् । दुई दशकभन्दा बढी समयदेखि गायनमा रहेका बिजी पछिल्लो समय अस्ट्रेलियामा छन् ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend