२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यशको ‘टक्सिक’मा शाहरुखको केमियो


सञ्चार डबली
  • मंगलबार, माघ २३ २०८०
  • 8.8K
    SHARES

  • images
    यशको ‘टक्सिक’मा शाहरुखको केमियो

     

    काठमाडौं । साउथका सुपरस्टार यश आफ्नो नयाँ फिल्म ‘टक्सिक’लाई लिएर चर्चामा छन् । यशको फिल्म ‘केजीएफ २’ पछि उनका फ्यानहरु नयाँ फिल्मको पर्खाइमा छन् । फिल्म ‘टक्सिक’को आधिकारिक रुपमा घोषणा भइसकेको छ ।

    केही समयअघि मात्र फिल्मको मोशन पिक्चर बाहिर आएको थियो, जसलाई फ्यानले निकै मनपराएका थिए । अहिले यो फिल्ममा बलिउड सुपरस्टार शाहरुख खान जोडिने खबरले बलिउडको माहौल तातेको छ ।

    फिल्मका निर्माताले शाहरुखसँग भेटेर फिल्मका विषयमा कुराकानी गरिसकेका छन् । शाहरुखले फिल्ममा अभिनय गर्ने या नगर्ने विषयमा केही बोलेका छैनन् । निर्माताहरु उनको उत्तरको प्रतिक्षामा छन् । फिल्म निकट स्रोतका अनुसार शाहरुखले फिल्ममा केमियो भूमिका गर्दैछन् । शाहरुखले पनि केमियोको कुरामा काम गर्न सक्ने जनाउ दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend