२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

इङलिश प्रिमियर लिगः म्यानचेस्टर सिटीको जितमा फोडेनको ह्याट्रिक


सञ्चार डबली
  • मंगलबार, माघ २३ २०८०
  • 9.8K
    SHARES

  • images
    इङलिश प्रिमियर लिगः म्यानचेस्टर सिटीको जितमा फोडेनको ह्याट्रिक


    काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

    म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरेका थिए । एक गोलले पछि परेको म्यानचेस्टर सिटीले खेलमा कमब्याक गर्दै खेलमा शानदार जित हासिल गरेको थियो । त्यस्तै ब्रेन्टफोर्डका लागि एक गोल भने नील माउपेले खेलको २१औं मिनेटमा गरेका थिए ।

    यो जितपछि म्यानचेस्टर सिटी २२ खेलमा ४९ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेको लिभरपुल २३ खेलमा ५१ अंकसहित शिर्ष स्थानमा रहेको छ ।त्यसैगरी ब्रेन्टफोर्डको भने २२ खेलमा २२ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend