२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गैरआवासीय नेपाली तारा - २०२३ को उपाधी गायनतर्फ तामाङ र नृत्यतर्फ श्रेष्ठले जिते


  • आइतबार, माघ २१ २०८०
  • 11.7K
    SHARES

  • images
    गैरआवासीय नेपाली तारा  - २०२३ को उपाधी गायनतर्फ तामाङ  र नृत्यतर्फ श्रेष्ठले जिते

    आइतबार, माघ २१, २०८०
    दोहा कतार – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा गत डिसेम्बर - १ देखि सुरु भएको गैरआवासीय नेपाली तारा – २०२३ (सिजन -४) को उपाधी गायनतर्फ काठमाडौका रुस्तम तामाङ र नृत्यतर्फ बिजेता हुँदै इलामकी निरु श्रेष्ठले चुमेका छन ।

    गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व, नेपाली राजदुतावास कतारका महामहिम डा.नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यतामा नेपालबाट प्रमुख निर्णायकको भुमिकामा आउनु भएका बरिस्ठ गायक रामकृष्ण ढकाल, अतिथि निर्णायकको भुमिकामा आउनुभएकी मोडल तथा कोरियोग्राफर पूर्णिमा श्रेष्ठ र दोहामा स्थापित विभिन्न संघ सस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु, बैचारिक सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवीहरु, कलाकार तथा पत्रकारहरु सङ्गै उल्लेखनीय दर्शकहरुको उपस्थितिमा दोहाको अल लक्ता स्थित ट्युनिसियन स्कुलको सभा हलमा सम्पन्न ग्राण्ड फिनाले कार्यक्रममा दुबै तर्फ ४-४ जना प्रतिस्पर्धीहरुलाई पछी पार्दै तामाङ गैरआवासीय नेपाली तारा बने भने श्रेष्ठ नृत्य तर्फबाट यो सिजनको विजेता बन्दै उपाधी जितेका हुन ।

    करिब एक दशकदेखि कतारमा कार्यरत रुस्तम सुनखानी-५ सिन्धुपाल्चोकमा जन्मिएका हुन तर उनी अहिले भने नागार्जुन १ काठमाडौंमा बसोबास गर्दै आएका छन, स्कुले जीवनकालदेखि गाउने गरेको सम्झिदै रुस्तमले अहिलेसम्म आफ्नो अफिसियल एल्बम नभए पनि थुप्रै स्टेज प्रस्तुतिको अनुभव रहेको बताए ।

    उता चार वर्ष अगाडि श्रमिकको रूपमा कतार आएकी इलामको बिब्लाटे डाँडागाउँमा जन्मिएकी निरुले यस्तो रिर्यालिटि सोको पहिलो प्रतिस्पर्धामै उपाधि जित्न सफल भएकी हुन् । बच्चा हुँदादेखि नै नृत्यमा सौखिन उनले थुप्रै स्टेजमा प्रस्तुतिहरु दिए पनि प्रतिस्पर्धाको रुपमा यो नै पहिलो सहभागी रहेको बताइन श्रेष्ठको प्रस्तुतिलाई नेपालबाट अतिथि निर्णायकका रूपमा आएकी मोडल पूर्णिमा श्रेष्ठले पनि खुलेर प्रशंसा गरेकी थिइन ।

    विभिन्न – ४ चरण गरि पूरा भएको प्रतियोगितामा गायन र नृत्य दुबै बिधाबाट समान ५-५ जना उपाधिको लागि भिडेका थिए, जसमा गायन तर्फ दिपक कुमार घले, इशान रेग्मी, सुजन गुरुङ, मानसिङ परियार र रुस्तम तामाङ रहेका थिए भने नृत्यतर्फ जुनुमाया कुमाल, सरोज लामा, निरु श्रेष्ठ, झरना राई र सौजन चाहार उपाधिको लागि आमनेसामने भएका थिए ।

    निर्णायकको ५० प्रतिशत र दर्शकले दिएको भोटको ५० प्रतिशतको आधारमा सबैभन्दा बढी अङ्क ल्याएर तामाङ र श्रेष्ठ विजयी भएका हुन भने प्रतियोगिताको निर्णायकमा गायनतर्फ बिरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ, मंगल विक र नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले समाल्दै आएका थिए भने ग्राण्ड फिनालेको नतिजा अझै निष्पक्ष र बलियो बनाउन नेपालबाट बरिस्ठ गायक रामकृष्ण ढकाल प्रमुख निर्णायक र नृत्यमा मोडल तथा कोरियोग्राफर पुर्णिामा श्रेष्ठ अतिथि निर्णायकको रुपमा कतार आएका थिए।

    “नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं” भन्ने मुल नारा सहित राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ, प्रवासमा लुकेर बसेको कलालाई प्रस्फुटन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा तमु समाजकी अध्यक्ष टौमाया गुरुङले स्वागत मन्तव्य राखेसङ्गै आयोजक संस्थाका कलाकारहरुले स्वागत नृत्य र स्वागत गीतद्वारा उपस्थितलाई स्वागत गरेका थिए ।

    एनसीसीका महासचिव रबिन मगरले औपचारिक र भानु शर्माले सांगीतिक कार्यक्रमलाई सहजीकरण गरेका कार्यक्रमबाट विजयी हुने गायनतर्फको प्रतिस्पर्धी रुस्तमले - १ लाख ८१ हजारको साथमा ट्रफी र प्रमाणपत्र र नृत्य तर्फ निरु श्रेष्ठले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउदा उपविजेता बनेका गायनबाट सुजन गुरुङ र नृत्यबाट प्रतिस्पर्धा गरेका सरोज लामाले समान ७५ हजारमा चित्त बुझाएका थिए ।

    कार्यक्रमका सभापति र प्रमुख अतिथिलाई फेटाद्वारा सम्मान गरिएको थियो भने ग्राण्ड फिनालेमा पुग्न सफल दश प्रतियोगीहरु, अतिथि निर्णायकसहित वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मङ्गल विक, भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरलाई पनि मायाको चिनोसहित सम्मान गरिएको थियो साथै चार चरणमा सम्पन्न आइडलका अतिथि निर्णायकहरु राज रेग्मी,  प्रभात त्रिपाठी, ग्राण्ड फिनालेका अतिथि निर्णायकद्वय एनआरएनए आईसीसीका उप– महासचिव प्रवीण गुरुङ र नरेन्द्र बहादुर भाटलाई पनि सम्मान गरिएको थियो ।

    शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि ढकालले यो प्रतियोगिता एक नमुना मात्र नभइ पृथक कार्यक्रम बनेको बताउँदै कार्यक्रमका लागि हल व्यवस्थापन गरिदिने कतार च्यारिटीलाई धन्यवाद दिएका थिए भने परीवेक्षकको रुपमा कमलमणि गुरागाईं, क्रान्ति सिंह, करिम बक्स मियाँ र बुधबल गुरुङ रहेका थिए । कार्यक्रममा आइडलका गायन विधाका निर्णायक मङ्गल बिक र वीरेन्द्र श्रेष्ठ नृत्य विधाका निर्णायकहरु भविन तामाङ, भीम प्रसाद गुरुङ जनक थापा मगर र नेपाल मगर संघ शाखा कतार, नेपाल प्रवासी तामाङ समाज र तमु (गुरुङ) समाज कतारका कलाकारहरू सहित टौमाया गुरुङ, शिला गुरुङ र सोनी आले मगरले सामूहिक नृत्य पेस गरे भने कतारमा आफ्नो छुट्टै पहिचान बनाइ सकेका गायक गोबिन गुरुङले आफ्नो गायिकी मार्फत उपस्थित सबैलाई झुमाएका थिए ।

    कार्यक्रमको अन्तमा सभापति तथा एनसीसी कतारका अध्यक्ष रमेश भट्टले प्रतियोगितामा सहभागी हुने प्रतियोगी सबैलाई धन्यवाद र विजयी हुने प्रतियोगीलाई बधाई दिदै सफलता पुर्वक प्रतियोगिता सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # नेपाल आदिवासी जनजाती महासंघ कतार
  • # नेपाल मगर संघ शाखा कतार
  • # गैरआवासीय नेपाली संघ, कतार
  • # गैर आवसीय नेपाली संघ, कतार


  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend