२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

पुरा भयो यू–१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण


सञ्चार डबली
  • आइतबार, माघ २१ २०८०
  • 10.2K
    SHARES

  • images
    पुरा भयो यू–१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण


    काठमाडौं ।  दक्षिण अफ्रिकामा जारी यू–१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पुरा भएको छ। सुपर सिक्स चरणका खेलहरु सकिएपछि दुवै समुहबाट सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो।

    सुपर सिक्सको समुह १ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् भने समुह २ बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका छन्। यस प्रतियोगितामा नेपाल भने सुपर सिक्समा पुगेर बाहिरिएको थियो।

    १६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल यस विश्वकपमा ११औ स्थानमा रहेर प्रतियोगीता समाप्त गरेको छ। नेपाल टेस्ट खेल्ने देश अफगानिस्तान र जिम्बाबेभन्दा अगाडी रहेको छ।

    अब सेमिफाइनलमा भारतको सामना दक्षिण अफ्रिकासँग हुने भएको छ र यो खेल फेब्रुअरी ६ मा हुने छ। त्यस्तै अर्को सेमिफाइनल पाकिस्तान र अस्ट्रेलियाबीच हुने छ र यो खेल फेब्रुअरी ८ मा हुने तालिका रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend