२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भारतीय अभिनेत्रीको ‘मृत्यु’ अझै रहस्यमा, पाण्डेले इन्ट्राग्राममा आएर भनिन, ‘म जिवितै छु’


सञ्चार डबली
  • शनिबार, माघ २० २०८०
  • 10.9K
    SHARES

  • images
    भारतीय अभिनेत्रीको ‘मृत्यु’ अझै रहस्यमा, पाण्डेले इन्ट्राग्राममा आएर भनिन, ‘म जिवितै छु’

    मुम्बई, २० माघ । भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधनको खबर शुक्रबार बिहान सार्वजनिक भएको थियो तर अहिलेसम्म आईपुग्दा यो बिषय निकै रहस्यमय बन्दै गएको छ । उनको इन्स्ट्रागममा उल्लेख भए अनुसार उनको मृत्युको कारण पाठेघरको मुखको क्यान्सर भएको बताइएको छ । मृत्युको बारेमा पुनमको टोलीले नै जानकारी दिएको थियो । 

    तर, यो समाचार बाहिरिएसँगै पूनमको मृत्युलाई लिएर थप अन्यौंल र रहस्यहरु बाहिर आउन थालेका छन । र, उनको मृत्युको खबर थप जटिल बन्दै गएको भारतीय मिडियाहरुले जनाएका छन । हिजो बिहान ११ बजे पुनको मृत्युको खबर आए लगत्तै भारतीय सञ्चारमाध्यमले  पुनमका नजिकका साथी नितिन मिरानीसँग कुरा गरेका थिए । उनले भनेका छन कि, ‘मलाई यसबारे कुनै जानकारी छैन । बिहानैदेखि उहाँलाई सम्पर्क गर्ने प्रयास गरेँ तर उहाँसँग कुरा हुन सकेको छैन । उनका ड्राइभरले दुई दिनअघिसम्म म्याडम ठिक रहेको बताएका थिए । र, उनी सुटिङमा व्यस्त थिइन् । दिदीको फोन पनि अफ छ । के भयो बुझ्न सकिन । उनको इन्स्टाग्राम ह्याक भएको देखिन्छ ।’

    पूनम पाण्डेको इन्स्टाग्राममा सार्वजनिक भएको भिडियोमा उनी पूर्णतया राम्रो देखिएकी छिन् । यो भिडियोमा पूनमले आफ्नो मृत्युको खबर सुनाइ रहेकी छिन् । मृत्युको झुटो खबरबारे उनले पाठेघरको मुखको क्यान्सरबारे जनचेतना जगाउन यो सबै गरिएको बताएकी छिन् । पूनमले भनिन्, ‘म अझै जिउँदै छु, मरेको छैन । पाठेघरको मुखको क्यान्सरका कारण ज्यान बलिदान दिने महिलाको बारेमा म यो भन्न सक्दिन।’जसको जानकारी उनले आफै दिएकी छिन् । कतिपयले यो सबै प्रचारका लागि भएको बताएका छन् । तर, अहिले नायिका आफैं अगाडि आएर आफू जीवित रहेको बताएकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend