२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एएफसी एसियन कप : अष्ट्रेलियालाई हराउँदै दक्षिण कोरिया सेमिफाइनलमा प्रवेश


सञ्चार डबली
  • शनिबार, माघ २० २०८०
  • 9.2K
    SHARES

  • images
    एएफसी एसियन कप : अष्ट्रेलियालाई हराउँदै दक्षिण कोरिया सेमिफाइनलमा प्रवेश

    २० माघ २०८०, शनिबार

    काठमाडौँ– एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति कतारको अल वाक्रस्थित कल जानौव रङ्गशालामा भएको खेलमा अष्ट्रेलियालाई २–१ गोलले पराजित गर्दै दक्षिण कोरियाले सेमिफाइनलमा स्थान बनाएको हो ।

    खेलमा दक्षिण कोरियाले पछि परेको अवस्था उल्ट्याउँदै जित निकालेको थियो । तर सुरुवातमा दक्षिण कोरियाले अग्रता लिएपनि गोल भने रद्द हुन पुग्यो । खेलको ४१औँ मिनेटमा क्रियाग अलेक्जान्डर गुडविनले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए । तर दक्षिण कोरियाका हि चाङ ह्वाङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ९० मिनेटको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १०४औँ मिनेटमा दक्षिण कोरियाका सन ह्युङ मिनले गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाए ।

    दक्षिण कोरियाले अब सेमिफाइनलमा जोर्डन विरुद्ध खेल्ने छ । जोर्डनले शुक्रबार नै ताजिकिस्तान विरुद्ध जित हासिल गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

    शनिबार बाँकी दुई क्वाटरफाइनल खेल हुने छन् । साँझ ५:१५ बजे हुने खेलमा इरान र जापान भिड्ने छन् । यस्तै राति ९:१५ बजे घरेलु टोली कतार र उज्बेकिस्तानबीच खेल हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend