२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

विश्वका उत्कृष्ट होटलको सूचीमा मुस्ताङको सिन्तामणी


सञ्चार डबली
  • बिहीबार , माघ १८ २०८०
  • 10.4K
    SHARES

  • images
    विश्वका उत्कृष्ट होटलको सूचीमा मुस्ताङको सिन्तामणी

    बिहिबार, माघ १८ २०८०

    काठमाडौँ । विश्वका उत्कृष्ट होटलको सूचीमा मुस्ताङको सिन्तामणी पनि परेको छ । एसिया महादेशबाट तीन वटा होटल पर्न सफल भएका छन् । जसको पहिलो स्थानमा सिन्तामणि परेको हो । यो सूची अमेरिकाको नेशनल जियोग्राफिक म्यागजिनले तयार पारेको हो ।

    नेशनल जियोग्राफिकले लेखेको छ, ‘नेपालको हिमालय दुर्गम स्थानदेखि लक्स लन्डन क्रयास प्याडसम्म मन पराइएका उत्कृष्ट होटलमा परेका छन् ।’ स्थानीय ढुंगा प्रयोग गरेर बनाइएको यो होटल दुई वर्ष अघि मात्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो । यो होटलमा एक रात बसेको करसहित २ लाख ७३ हजार रुपैयाँ तिर्नुपर्छ । पदयात्रा, स्थानीय परिकार र संस्कृतिका कारण यो होटल उत्कृष्ट सूचीमा परेको हो ।

    नेशनल जियोग्राफिकले हिमाली याकको मोमो, तिब्बती थुक्पा जस्ता परिकारको समेत प्रशंसा गरेको छ । नेशनल जियोग्राफिकका सम्पादक, लेखक, फोटोग्राफर र अन्वेषकले यो सूची तयार पारेको हो । यो होटेलमा शताब्दिऔं पुराना बौद्ध गुम्बाको हेर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend