२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नाट्टा निर्वाचन: काभ्रेली युवा व्यवसायी दिनेश मैनाली सदस्यको बलियो उम्मेदवार


सञ्चार डबली
  • बिहीबार , साउन २१ २०८३
  • 2.1K
    SHARES

  • images
    नाट्टा निर्वाचन: काभ्रेली युवा व्यवसायी दिनेश मैनाली सदस्यको बलियो उम्मेदवार

    काठमाडौं । नाट्टा निर्वाचनको सरगर्मी बढिरहँदा भरत जंग पाण्डेको नेतृत्वमा रहेको प्यानलबाट कार्यसमिति सदस्यका उम्मेदवार दिनेश मैनाली पर्यटन व्यवसायीहरू माझ लोकप्रिय बन्दै जानुभएको छ। शुभम् ट्राभल्स एण्ड टुर्समार्फत विगत एक दशकदेखि पर्यटन व्यवसायमा पुर्‍याउनुभएको योगदान र उहाँको स्पष्ट भिजनका कारण मैनालीको उम्मेदवारीलाई यस पटकको निर्वाचनमा निकै महत्वका साथ हेरिएको छ।

    काभ्रेको नमोबुद्ध-५ का स्थायी बासिन्दा मैनालीले नाट्टाभित्र नीतिगत सुधार र व्यावसायिक हकहितको संरक्षणका लागि आफू प्रतिवद्ध रहेको बताउनुभएको छ। "पर्यटन क्षेत्रमा लामो समयदेखि देखिएका समस्या समाधान गर्न र युवा व्यवसायीहरूको आवाज नाट्टाको नेतृत्वसम्म पुर्‍याउन मेरो उम्मेदवारी हो," मैनालीले भन्नुभयो।

    भरत पाण्डेको नेतृत्वमा रहेको यस टिममा वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा सबिता केसी भट्टराई लगायतका अनुभवी व्यवसायीहरू रहनुभएको छ। मैनाली जस्ता जुझारु र पर्यटनको मर्म बुझ्ने युवाहरूको संलग्नताले यो प्यानललाई थप सशक्त बनाएको छ। अनुभवी नेतृत्व र युवाको जोससहितको यो टिमले आगामी अगस्ट १४ मा हुने निर्वाचनमा क्लिन स्वीप गर्ने दाबी गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend