२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

पाँचौं दक्षिण एसियाली सेपाक ताक्रो च्याम्पियनसिप माघ १७ देखि १९ गते सम्म


सञ्चार डबली
  • सोमबार, माघ १५ २०८०
  • 10.0K
    SHARES

  • images
    पाँचौं दक्षिण एसियाली सेपाक ताक्रो च्याम्पियनसिप माघ १७ देखि १९ गते सम्म

    १५ माघ २०८०, सोमबार  
    काठमाडौं । नेपाल सेपाक ताक्रो संघको आयोजनामा माघ १७ देखि १९ गते सम्म पाँचौं दक्षिण एसियाली सेपाक ताक्रो च्याम्पियनसिप हुने भएको छ । यो प्रतियोगिता तेस्रो पटक नेपालमा हुन लागेको हो । नेपालले यसअघि  सन् २०१३  र २०१८ मा यो प्रतियोगिता आयोजना गरेको थियो ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानको सहभागिता रहनेछ । संघका अध्यक्ष नेत्रप्रसाद गुरुङले भारत उपाधि दवोदार भएपनि नेपालले चुनौती दिने बताए । ‘भारत साविक विजेता भएकाले यस पटकपनि उपाधिको प्रमुख दावेदार हो,’ गुरुङले भने,‘ तर, घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पनि चुनौली दिन तयार छ ।’

    आयोजकको निमन्त्रणामा अन्तर्राष्ट्रिय सेपाक ताक्रो संघका कार्यवाहक अध्यक्ष  बुन्चाई लोर्पिपात र अर्न्तराष्ट्रिय सेपाक ताक्रो संघका महासचिव दातो अबदुलहालिम विन कादेर यो प्रतियोगिता अवलोकनका लागि आउने छन् ।

    प्रतियोगितामा पाँच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । जसमा पुरुषतर्फ तीन तथा महिलाहरु दुई इभेन्ट समावेश छन् । प्रतियोगिताको अनुमानित लागत खर्च ३६ लाख ६५ हजार रुपैयाँ छ । जसमा राखेपले २० लाख रुपैयाँ उपलब्ध गराउनेछ । कुनै पनि कम्पनीसँग प्रायोजन सम्झौता नभएको हुँदा बाँकी १६ लाख ६५ हजार रुपैयाँ संघ र आर्थिक सहयोग संकलनबाट खर्च हुनेछ ।

    संघले च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने लक्ष्यका साथ २५ खेलाडीलाई समेट्दै दुई महिनादेखि बन्द प्रशिक्षण गराइरहेको छ । यसैगरी संघका संरक्षक ध्रुबबहादुर गुरुङले आफ्नो जम्नदिनको अवसरमा संघको ट्रस्टमा एक लाख रुपौयाँ जम्मा गर्ने घोषणा गरेका छन् । उनी ७५ वर्षका भए ।

     
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend