२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भारतविरुद्धको टेस्ट सिरिजमा इङल्याण्डको सनसनीपूर्ण जित


सञ्चार डबली
  • आइतबार, माघ १४ २०८०
  • 10.9K
    SHARES

  • images
    भारतविरुद्धको टेस्ट सिरिजमा इङल्याण्डको सनसनीपूर्ण जित

    १४ माघ २०८०, आइतबार

    काठमाडौं – इङल्याण्डले भारतविरुद्धको टेस्ट सिरिजको पहिलो खेल जितेको छ । टेस्टको पाँचौं दिन इङल्याण्डले दिएको २३१ रनको लक्ष्य पछाएको भारत २०२ रन बनाएर अलआउट भएपछि इङल्याण्ड २८ रनले विजयी भएको हो ।

    यस टेस्टमा इङल्याण्डले पहिला ब्याटिंग गर्दै पहिलो इनिंगमा २४६ रन बनाएको थियो भने भारतले पहिलो इनिंगमा ४३६ रन बनाएको थियो । भारतले पहिलो इनिंगमा १९० रनको अग्रता लिएको थियो । दोस्रो इनिंग ब्याटिंग गर्न आएको इङल्याण्डले ४२० रन बनाएपछि भारतलाई २३१ रनको लक्ष्य दिएको थियो ।

    यो जितपछि इङल्याण्डले ५ खेलको सिरिजमा १–० को अग्रता लिएको छ । अब दोस्रो टेस्ट फेब्रुअरी २ देखि शुरु हुदै छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend