२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अभिनेत्री दीपिका पादुकोणका २५ मध्ये १५ फिल्म १०० करोडको क्लबमाथि


सञ्चार डबली
  • आइतबार, माघ १४ २०८०
  • 9.5K
    SHARES

  • images
    अभिनेत्री दीपिका पादुकोणका २५ मध्ये १५ फिल्म १०० करोडको क्लबमाथि
     

    काठमाडौं । दीपिका पादुकोण अहिले हिन्दी फिल्म उद्योगको सबैभन्दा ठूलो अभिनेत्री हुन्। उनी उद्योगको सबैभन्दा ठूलो बक्स अफिस कमाउने फिल्महरूको एक ठुलाे  हिस्सा बनेकी छिन् । 

    सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ऋतिक रोशन अभिनित फिल्म ‘फाइटर’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । अहिलेसम्म फाइटरले विश्वभर १०० करोडभन्दा बढी कमाइसकेको छ । पहिलो दिन करिब ३७ करोड, दोस्रो दिन करिब ५५ करोड र तेस्रो दिन करिब ४५ करोड कमाएर १०० कराेड नघाएकाे हाे ।

    तर यीनै फाइटरबाट दीपिका पादुकोणले विश्वभर १५० करोडभन्दा बढी कमाउने १५ फिल्म दिएकी छिन् । यो उपलब्धि अझ विशेष के हो भने उनले अहिलेसम्म २५ वटा हिन्दी फिल्ममा काम गरेकी छन् । दीपिका आफ्नो पहिलो फिल्म ‘ओम शान्ति ओम’ बाट विश्वभर १०० करोड क्लबमा प्रवेश गरेकी थिइन् ।

    सन २००७ को दिवाली ब्लकबस्टरले एक शानदार फिल्म करियरको जग बसाएकाे थियाे । त्यहाँ धेरै फिल्महरू छन् जहाँ दीपिका पादुकोणले आफ्ना फिल्महरूको बक्स अफिस बढाएका छन् र यो एक भरपर्दो अभिनेत्रीको चिन्ह हो। उनी हाल भारतीय फिल्म उद्योगमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री पनि हुन्।

    दीपिका पादुकोणको विश्वभर १०० करोड कमाउनेहरूको सूचीः 

    १. ओम शान्ति ओमः १४९.९० करोड
    २. लव आज कलः ११९.५० करोड
    ३. हाउसफुलः ११४.२५ करोड
    ४. ककटेलः १२५.२५ करोड
    ५. रेस–२ः १६१.५० करोड
    ६. ये जवानी है दिवानीः २९५.६५ करोड
    ७. चेन्नई एक्सप्रेसः ३९६ करोड
    ८. रामलीलाः २२१.५ करोड
    ९. ह्यापी न्यु इअरः ३४२.७५ करोड
    १०. पिंकुः १४१.२५ करोड
    ११. तमाशाः १३६.६५ करोड
    १२. बाजीराव मस्तानीः ३५६.२५ करोड
    १३. पद्मावतः ५४६ करोड
    १४. पठानः १०४० करोड
    १५. फाइटरः १०० करोड (जारी)

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend