२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

प्रशिक्षक क्लोपले सिजनको अन्त्यपछि लिभरपुल छोड्ने


  • शनिबार, माघ १३ २०८०
  • 9.6K
    SHARES

  • images
    प्रशिक्षक क्लोपले सिजनको अन्त्यपछि लिभरपुल छोड्ने

    काठमाडौं, १३ माघ । प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले सिजनको अन्त्यपछि क्लब छोड्ने खुलासा गरेका छन् ।

    क्लबको वेबसाइटसँग गरेको कुराकानीमा क्लोपले आफुले यस सिजनको अन्त्यपछि क्लब छोड्ने बताएका हुन् ।

    क्लोपले आफ्नो उर्जा सकिएको बताउदै क्लब छोड्न लागेको बताएका छन् ।

    क्लोप लिभरपुलमा २०१५ देखि प्रशिक्षक रहेका छन् ।  उनी त्यसअघि २००८ देखि २०१५ सम्म जर्मनी क्लब डोर्टमण्डको प्रशिक्षक रहेका थिए ।

    उनले लिभरपुल अहिलेसम्म २०१९-२० सिजनमा प्रिमियर लिग, २०२१-२२ मा एफए कप, २०२१-२२ मा इएफएल कप, २०१८-१९ मा च्याम्पियन्स लिग, २०१९ मा युइएफए सुपर कप, २०१९ मा फिफा क्लब विश्वकप जितेका थिए । त्यस्तै उनको नेतृत्वमा २०१७-१८ र २०२१(२२ मा लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।    



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend