२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आईसीसी यू-१९ विश्वकप क्रिकेट: अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा


  • शुक्रबार, माघ १२ २०८०
  • 13.7K
    SHARES

  • images
    आईसीसी यू-१९ विश्वकप क्रिकेट: अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा

    काठमाडौं, १२ माघ । नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान पक्का गरेको हो।

    अफगानिस्तानले  दिएको १४६ रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गर्‍यो।

    नेपालको जितका लागि कप्तान देव खनालले ५८ रनको योगदान दिए। ७ चौका प्रहार गर्दै उनले ५८ रनको योगदान दिएका हुन्।

    अर्का ब्याटर दीपक बोहराले २७ रन बनाए। ४ चौका प्रहार गरेका दीपकले ४२ बलको सामना गर्दै २७ रन जोडेका थिए।

    नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १ र विपिन रावललाई २ रनमा गुमाएको थियो ।

    नेपालले अफगानिस्तानलाई ४०.१ ओभरमा अल आउट गरेको थियो। नेपालका तर्फबाट आकाश चन्दले अफगानिस्तानका महत्वपूर्ण पाँच विकेट लिए। यसैगरी दिपेश कँडेलले २, गुल्सन झा तथा तिलक भण्डारीले १-१ विकेट लिएका थिए।

    टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। 



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend