२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एशिया कप क्रिकेटको राउण्ड १६ को समीकरण पुरा, को को पुगे ?


सञ्चार डबली
  • शुक्रबार, माघ १२ २०८०
  • 10.8K
    SHARES

  • images
    एशिया कप क्रिकेटको राउण्ड १६ को समीकरण पुरा, को को पुगे ?

    काठमाडौं । जारी एशियन कपको राउण्ड १६ को समीकरण पुरा भएको छ । गएराती सम्पन्न समुह चरणका खेलपछि एशियन कपको राउण्ड १६ मा पुग्ने १६ देशको टुंगो लागेको हो ।राउण्ड १६ मा ६ समुहका विजेता र उपविजेताले आफ्नो स्थान सुरक्षित गरेका छन् भने सबै समुहका तेस्रो हुने देशहरु मध्ये शिर्ष चार देशले पनि राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

     जसमा समुह ए बाट आयोजक कतार र ताजकिस्तान, समुह बी बाट अस्ट्रेलिया र उज्बेकिस्तान, समुह सी बाटइरान र युएई, समुह डी बाट इराक र जापान, समुह ई बाट बहराइन र दक्षिण कोरिया र समुह एफ बाट साउदी अरेबिया र थाइल्याण्ड समुह विजेता र उपविजेता हुदै राउण्ड १६ मा पुगेका छन् ।

    त्यसैगरी तेस्रो हुने देशहरुबाट शिर्ष चारमा रहेका समुह इ बाट जोर्डन, समुह सी बाट प्यालेस्टाइन, समुह बी बाट सिरिया र समुह डी बाट इन्डोनेसियाले पनि राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेका छन् ।अब राउण्ड १६ का खेलहरु नकआउट खेल हुने छन् । राउण्ड १६ का खेलहरु जनवरी २८, २९, ३० र ३१ मा हुने छन् ।

     राउण्ड १६ मा अस्ट्रेलियाले इन्डोनेसियाको सामना गर्ने छ भने ताजकिस्तानले युएईको सामना गर्ने छ । त्यस्तै इराकले जोर्डनको सामना गर्ने छ भने  आयोजक कतारले प्यालेस्टाइनको सामना गर्ने छ ।

     त्यसैगरी उज्बेकिस्तानले थाइल्याण्डको सामना गर्ने छ भने साउदी अरेबियाले दक्षिण कोरियाको सामना गर्ने छ । त्यस्तै बहराइनले जापानको सामना गर्ने छ भने इरानले सिरियाको सामना गर्ने भएको छ ।
                  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend