२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बहराइन र दक्षिण कोरिया एशियन कपको नकआउट चरणमा


  • बिहीबार , माघ ११ २०८०
  • 9.1K
    SHARES

  • images
    बहराइन र दक्षिण कोरिया एशियन कपको नकआउट चरणमा

    काठमाडौं, ११ माघ। बहराइन र दक्षिण कोरिया जारी एशियन कपको नकआउट चरणमा पुगेका छन् ।

    विहिबार सम्पन्न समुह इ अन्तर्गतको खेलमा बहराइनले जोर्डनलाई १-० गोल अन्तरले पराजित गरेपछि समुहमा शिर्ष स्थानमा रहदै नकआउट चरणमा प्रवेश गरेको हो ।

    त्यस्तै दक्षिण कोरिया प्रतिष्पर्धात्मक खेलमा मलेसियासँग ३-३ गोलको बराबरीमा रोकिएपनि समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ ।

    बहराइनको ३ खेलमा ६ अंक भएको छ भने दक्षिण कोरियाको ३ खेलमा ५ अंक भएको छ ।

    त्यस्तै समुहमा ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा रहेको जोर्डनपनि नकआउट चरणमा पुग्ने निश्चित रहेको छ ।

    सबै समुहका तेस्रो स्थानमा रहने देशहरु मध्ये शिर्ष चार देश नकआउट चरणमा पुग्ने छन् । सोहि अनुसार जोर्डन पनि नकआउट चरणमा पुग्ने भएको हो ।

    त्यसैगरी समुह इ बाट मलेसिया भने ३ खेलमा एक अंक हासिल गर्दै चौथो भएपछि समुह चरणबाटै बाहिरिएको छ ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend