२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एएफसी एसिया कप: इराक र जापान क्वाटरफाइनलमा प्रवेश


सञ्चार डबली
  • बिहीबार , माघ ११ २०८०
  • 9.3K
    SHARES

  • images
    एएफसी एसिया कप: इराक र जापान क्वाटरफाइनलमा प्रवेश

    एएफसी एसिया कप ः इराक र जापान क्वाटरफाइनलमा प्रवेश
    काठमाडौं । एएफसी एसिया कप फुटबलमा समूह डीबाट इराक र जापान क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह चरणका अन्तिम खेलमा इराकले भियतनामलाई र जापानले इन्डोनेसियालाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।

    कतारमा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा इराकले भियतनामलाई ३–२ गोल अन्तरको पुनरामगन जित निकाल्दै शीर्ष  स्थानमा रहेर क्वाटरफाइनल प्रवेश ग¥यो । १ गोलले पछि परेको इराकले नतिजा उल्टाएको थियो ।

    ४२ औं मिनेटमा भिट वुइ ह्वाङले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त चौँथो मिनेटमा भिएन खाङ रातो कार्ड पाउँदै मैदान छाड्दा (दोहोरो पहेँलो कार्ड) भियतनाम १० खेलाडीमा समेटिएको थियो ।

    ४७ औं मिनेटमा इराका लागि रेविन सुलाकाले बराबरी गोल गरेका थिए । ७३ औं मिनेटमा आयमिन हुसेनले गोल गर्दै इराकलाई २–१ ले अघि बढाएका थिए । ८३ औं मिनेटमा पाएको पेनाल्टी  आयमिन हुसेनले गोलमा परिणत गर्न असफल भए ।

    क्वाङ हेइले गोल गरेपछि भियतनामले बराबरी गरेको थियो । तर, दोस्रो हाफको थप गरिएको १२ औं मिनेटमा इराकले पेनाल्टी पाएको थियो । भियतनामका खेलाडीले इराकका युसुफ यमिनलाई फल गरेपछि पाएको पेनाल्टीमा आयमिन हुसेनले गोल गर्दै अन्ततः ३–२ को जित दिलाए ।

    समूह चरणको अर्को खेलमा जापानले इन्डोनेसियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ । छैटौं मिनेटमा जापानलाई आयासे वेडाले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दा जापानले अग्रता दोब्बर बनाएको थियो । ८८ औं मिनेटमा इन्डोनेसियाका जस्टिन हुनबनेरले आफ्नै पोस्टमा गोल गरेपछि जापान ३–० ले अघि बढेको थियो । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा भियतनामका स्यान्डी वाल्सले गोल गरेर अन्तर ३–१ मा झारे पनि हार भने टरेन । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend