२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

इराक र जापान एशियन कपको नकआउट चरणमा


सञ्चार डबली
  • बुधबार, माघ १० २०८०
  • 8.1K
    SHARES

  • images
    इराक र जापान एशियन कपको नकआउट चरणमा

    काठमाडौं, १० माघ । इराक र जापान एशियन कपको अर्को चरणमा पुगेका छन् ।

    बुधबार सम्पन्न समुह डी अन्तर्गतको खेलमा जापानले इन्डोनेसियालाई ३-१ गोल अन्तरले पराजित गरेसँगै जापान समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको हो । जापानको ३ खेलमा ६ अंक भएको छ ।

    त्यस्तै इराक भियतनामलाई ३-२ गोल अन्तरले पराजित गर्दै समुहमा पहिलो हुदै नकआउट चरणमा पुगेको छ । इराकको ३ खेलमा ९ अंक भएको छ ।

    त्यस्तै इन्डोनेसियाको भने ३ खेलमा ३ अंक छ र समुहमा तेस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेका देशहरुबाट शिर्ष चार देश नकआउट चरणमा पुग्ने हुनाले इन्डोनेसिया बाहिरीइसकेको भने छैन तर ३ अंक मात्र रहेकाले नकआउट चरणमा पुग्ने सम्भावना भने कम छ ।

    त्यसैगरी भियतनाम भने जितविहिन हुदै समुह चरणबाटै बाहिरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend