२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

पीएम कप: सुदूरपश्चिमको पहिलो हार, मधेश ८० रनले विजयी


  • सोमबार, माघ ८ २०८०
  • 10.0K
    SHARES

  • images
    पीएम कप: सुदूरपश्चिमको पहिलो हार, मधेश ८० रनले विजयी

    काठमाडौँ, ८ माघ । जारी पीएम कपमा सुदूरपश्चिम प्रदेशले पहिलो हार बेहोरेको छ ।

    टियु मैदानमा सोमबार सम्पन्न खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८० रनले पराजित गरेको हो ।

    मधेश प्रदेशले दिएको ३२० रनको लक्ष्य पछाएको सुदूरपश्चिमले ४४.५ ओभरमा अल आउट हुदै २३९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि नरेन भट्टले १२१ रनको शतकीय पारी खेलेपनि जित भने दिलाउन सकेनन ।

    यस अघि पहिला ब्याटिंग गरेको मधेश प्रदेशले ५० ओभरमा ९ विकेट गुमाउदै ३१९ रन बनाएको थियो । मधेशका लागि मयन यादवले ११५ रनको शतकीय पारी खेलेका थिए भने पवन सराफले ७० तथा अनिल शाहले ६९ रन बनाएका थिए ।

    यो जितपछि मधेश प्रदेशले ६ खेलमा ८ अंक हासिल गरेको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको ४ खेलमा ६ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।
     



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend