२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सदगुरू अब हलिउड फिल्ममा, जोनिफर लोपेजको फिल्ममा देखिँदै


सञ्चार डबली
  • सोमबार, माघ ८ २०८०
  • 9.0K
    SHARES

  • images
    सदगुरू अब हलिउड फिल्ममा, जोनिफर लोपेजको फिल्ममा देखिँदै
     

    काठमाडौं । तपाईंले सद्गुरु जग्गी वासुदेवलाई धेरै बलिउड स्टारहरूसँग अन्तर्वार्ता लिइरहेको देख्नु भएको होला।  तर, अब जग्गी वासुदेव हलिउड सुपरस्टार जेनिफर लोपेजको फिल्म  ‘दिस इज मी नाउः अ लभ स्टोरी’ मा देखिने भएका छन् । जेनिफर लोपेजले आफ्नो फिल्मको ट्रेलर सार्वजनिक गर्दा कलाकारको नाममा सदगुरूको नाम पनि समावेश गरेकी छिन् ।

    यो फिल्मको ट्रेलरपछि सद्गुरु जग्गी वासुदेवको नाम पनि स्टार कास्टमा रहेको देखिन्छ  । यो फिल्म १६ फेब्रुअरीमा प्राइम भिडियोमा रिलिज हुँदैछ । जेनिफर लोपेजले आफ्नो इन्स्टाग्राममा यस फिल्मको ट्रेलर पोस्ट गर्दै भावुक नोट लेखेकी छिन् ।

    जसमा जेनिफर लोपेजले लेखेकी छिन्,  ‘मैले यसअघि कहिल्यै यति नर्भस, उत्साहित र डराएको महसुस गरेको थिइनँ। यो फिल्मको एउटा अद्भुत र यादगार यात्रा रह्यो । मेरो फिल्म दिस इज मी नाउ १६ फेब्रुअरीमा प्राइम भिडियोमा रिलिज हुँदैछ । यो परियोजना अहिलेसम्मकै सबैभन्दा व्यक्तिगत हो। यसको ट्रेलर हेर्नुहोस् र मजा लिनुहोस्।’

    निफर लोपेजको यो फिल्मको कास्टमा हलिउड स्टारहरुको नाम देखिएको थियो । यससँगै भारतीय फ्यानका लागि पनि यसमा एउटा आश्चर्य लुकेको छ । यस फिल्मको स्टार कास्टमा सद्गुरु जग्गी वासुदेवको नाम पनि देख्न सकिन्छ । यसले यो फिल्ममा जग्गी वासुदेव पनि देखिने पक्का भएको छ ।

    यससँगै फिल्मको स्टार कास्टमा  ‘बेन एफ्लेक’, ‘ट्रेभर नोआ’, ‘सोफिया भर्गारा’, ‘केके पाल्मर’, ‘निल डे ग्रेस टायसन’, ‘नील डी ग्रास टायसन र ‘पोस्ट मेलोन’ रहेको देख्न सकिन्छ। 

    चलचित्रको ट्रेलर सार्वजनिक भए पनि त्यसमा सद्गुरु भने देखिँदैनन् । यस्तो अवस्थामा भारतीय फ्यानका लागि फिल्ममा केही महत्वपूर्ण सरप्राइज हुने विश्वास गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend