२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

स्पेनिस ला लिगाः अल्मेरियामाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित


सञ्चार डबली
  • सोमबार, माघ ८ २०८०
  • 7.8K
    SHARES

  • images
    स्पेनिस ला लिगाः अल्मेरियामाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित

    काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले अल्मेरियामाथि संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले अल्मेरियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा खेलको ९९औ मिनेटमा डानी कार्भाजलले निर्णायक गोल गरेका थिए ।

    यस अघि रियलले २–० ले पछि परेको अवस्थामा खेलमा कम ब्याक गरेको थियो । रियलका लागि जुडे बेलिङघम र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए ।

    त्यस्तै अल्मेरियाले खेलको पहिलो हाफमा २ गोल गरेर रियल म्याड्रिडमाथि दबाब बनाएको थियो । अल्मेरियाका लागि लार्गी रमाजानी र् एडगर गोन्जालेजले एक एक गोल गरेका थिए ।

    यो जितपछि रियल म्याड्रिडको २० खेलमा ५१ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । एक खेल बढी खेलेको गिरोना ५२ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यसैगरी अल्मेरिया भने २१ खेलमा केवल ६ अंकसहित अंक तालिकामा पुछारमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend