२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यी हुन् ऋतिक रोशनको फिल्म 'फाइटर' का भिलेन, जसको फस्ट लुकबाट नै हंगामा


सञ्चार डबली
  • शुक्रबार, माघ ५ २०८०
  • 9.5K
    SHARES

  • images
    यी हुन् ऋतिक रोशनको फिल्म 'फाइटर' का भिलेन, जसको फस्ट लुकबाट नै हंगामा


    काठमाडौं । ऋतिक रोशन र दीपिका पादुकोणको फिल्म ‘फाइटर’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । यो फिल्म जनवरी २५ मा रिलिज हुने तयारीमा छ । फिल्ममा एरियल एक्सन देखिनेछ । फाइटरमा ऋतिक र दीपिकाले एक्सन गरिरहेका छन् भने ऋषभ साहनी फिल्ममा खलनायकको भूमिकामा देखिएका छन् ।

    फिल्मबाट ऋषभको लुक सार्वजनिक भएको छ र यसलाई हेर्दा उनी ऋतिकलाई टक्कर दिने देखिने छन् । ऋषभको लुक सार्वजनिक भएपछि फ्यानमा फिल्मलाई लिएर उत्साह बढेको छ । फाइटरको ट्रेलर रिलिज भएको छ र यसमा ऋषभ साहनी र ऋतिकको लडाइँको दृश्य देख्न सकिन्छ । जसलाई देखेर जो कोहीको मन छोएको छ ।

    ऋषभले निखिल आडवाणीको द एम्पायरमा बाबरको भाइ महमूदको भूमिका निभाएका थिए। यति मात्र होइन, उनले यस सिरिजमा कास्टिङ असिस्टेन्टको रुपमा पनि काम गरेका थिए ।

    द एम्पायरपछि ऋषभ ‘कौन बनेगी शिखरवती’ र ‘बेस्ट सेलर’ मा पनि देखिएका थिए । ।फाइटरको कुरा गर्दा यसलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । फिल्ममा ऋतिक र दीपिकासँगै अनिल कपूर, अक्षय ओबेरोय र करण सिंह ग्रोवरको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend