२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा


  • शुक्रबार, माघ ५ २०८०
  • 9.7K
    SHARES

  • images
    बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा

    काठमाडौँ, ५ माघ । बार्सिलोना स्पेनिस कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ ।

    गएराती सम्पन्न खेलमा बार्सिलोनाले युनियनइस्टासलाई ३-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको कोपाको क्वाटरफाइनलमा पुगेको हो ।

    बार्सिलोनाको जितमा फेरान टोरेज, जुलेज कोउन्डे र अलेजान्द्रो बल्डेले एक एक गोल गरेका थिए । त्यस्तै युनियनइस्टासका लागि अल्भारो गोमेजले एक गोल गरेका थिए ।

    योसँगै यस सिजनको कोपा डेल रे को क्वाटरफाइनलमा पुग्ने ८ क्लबको टुंगो लागेको छ । जसमा बार्सिलोनासहित  एटलेटिको म्याड्रिड, एथलेटिक बिल्बाओ, सेल्टा भिगो, गिरोना, मल्लोर्का, रियल सोसियडाड र सेभिया रहेका छन् ।

    क्वाटरफाइनलको ड्र आज हुने छ ।  



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend