२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अभिनेता विजय र अभिनेत्री रश्मिका अहिले लिभिङमा बस्दै, विवाह अनिश्चित


सञ्चार डबली
  • बिहीबार , माघ ४ २०८०
  • 15.1K
    SHARES

  • images
    अभिनेता विजय  र अभिनेत्री  रश्मिका अहिले लिभिङमा बस्दै, विवाह अनिश्चित


    काठमाडौं । अभिनेता विजय देवरकोण्डा र अभिनेत्री रश्मिका मन्दाना दक्षिण भारतीय फिल्मका लोकप्रिय कलाकार हुन् । दुवैजना लामो समयदेखि डेटमा छन् । उनीहरुको भ्याकेसनको तस्वीर सामाजिक सञ्जालमा भाइरल हुन्छन् । यो जोडीले चाँडै नै इन्गेजमेन्ट गर्ने चर्चा पनि थियो । उनीहरुले यही फेब्रुअरीमा इन्गेजमेन्ट गर्ने कुरा पनि छ । तर दुवैले यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

    समाचारअनुसार विजय र रश्मिका हाल लिभइन रिलेसनमा छन् । उनीहरु आफ्नो सम्बन्धमा खुशी छन् । दुवैजनाले फेब्रुअरीमा इन्गेजमेन्ट गर्ने भनिए पनि कार्यव्यस्तता र आफ्नो करियरमा ध्यान दिनुपर्ने भएकाले अहिले इन्गेजमेन्टलाई केही पर सारेका छन् ।

    दुवैले ‘गीता गोविन्दम’ र ‘डियर कामरेड’मा काम गरेका छन् । उनीहरुको अनस्क्रिन क्यामेष्ट्रीलाई दर्शकले निकै मनपराएका छन् ।कामको कुरा गर्दा रश्मिका पछिल्लो पटक ब्लकबस्टर फिल्म ‘एनिमल’मा देखिएकी थिइन् । उनले फिल्ममा रणवीर कपूरको अपोजिटमा अभिनय गरेकी थिइन् ।
    फिल्मले विश्वव्यापी रुपमा नौ सय करोडको कमाई गरिसकेको छ ।

    उनी हाल अल्लू अर्जुनका साथ फिल्म ‘पुष्पाः द रुल’को सुटिङमा व्यस्त छिन् । यसका अलावा उनको हातमा ‘रेनबो’, ‘द गलफ्रेण्ड’ जस्ता फिल्म छन् ।विजय ‘फेमिली स्टार’ र ‘भीडी १२ मा देखिँदैछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend