२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एशियन कप: चीन र लेबनान गोलरहित बराबरीमा


  • बुधबार, माघ ३ २०८०
  • 10.4K
    SHARES

  • images
    एशियन कप: चीन र लेबनान गोलरहित बराबरीमा

    काठमाडौं, ३ माघ । जारी एशियन कप फुटबलमा चीन र लेबनान बराबरीमा रोकिएका छन् । समुह ए अन्तर्गतको बुधबार सम्पन्न खेलमा चीन र लेबनान गोलरहित बराबरीमा रोकिएका हुन् ।

    यो यस प्रतियोगितामा चीनको दोस्रो बराबरी हो । यस अघि पहिलो खेलमा पनि चीन ताजकिस्तानसँग गोलरहित बराबरीमा रोकिएको थियो । यो बराबरीपछि चीनको २ खेलमा २ अंक भएको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै पहिलो खेलमा आयोजक कतारसँग हार बेहोरेको लेबनानको भने २ खेलमा एक अंक भएको छ र समुहमा पुछारमा रहेको छ ।

    अब समुह चरणको अन्तिम खेलमा चीनले आगामी सोमबार आयोजक कतारको सामना गर्ने छ भने लेबनानले सोमबारनै ताजकिस्तानको सामना गर्ने छ ।
     



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend