२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

खेलकुदकाे विकासका लागि तीनै तहको प्रतिबद्धता आवश्यक : उपप्रधानमन्त्री खड्का


  • बुधबार, माघ ३ २०८०
  • 8.3K
    SHARES

  • images
    खेलकुदकाे विकासका लागि तीनै तहको प्रतिबद्धता आवश्यक : उपप्रधानमन्त्री खड्का

    ललितपुर, ३ माघ ।  उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी रहेको बताएका छन् ।  

    ललितपुर जिल्ला खेलकुद बिकास समितिद्वारा बुधबार बुद्धि बिकास खेलमैदान लगनखेलमा आयोजित १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताका अवसरमा उपप्रधानमन्त्री खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि सरकारले सक्दो सहयोग गर्नेमा प्रतिबद्धता जनाएका हुन् । 

    उपप्रधानमन्त्री खड्काले खेलकुद क्षेत्रको समग्र विकास गर्न तीन वटै तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।  उपप्रधानमन्त्री खड्काले भने, "अहिले पर्याप्त बजेट नहुँदा खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण हुन सकेको छैन, त्यसैका कारण खेलाडीले पनि क्षमता अनुसारको प्रभाव गर्न सक्नुभएको छैन तर अब तीन वटै तहका सरकार एक भएर काम गरे खेल क्षेत्रको विकास हुन्छ ।"

    खेल क्षेत्रको बिकासका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी रहेकाे भन्दै उनले आफू सरकारको जिम्मेवारीमा रहँदा यस क्षेत्रको बिकासका लागि इमानदारीपूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । यसका लागि तीनै तहको सरकार एकताबद्ध भएर लाग्नेमा उहाँले प्रतिवद्धता व्यक्त गरे ।

    उनले यस प्रतियोगितामा सहभागी खेलाडीलाई मित्रवत प्रतिस्पर्धामा लाग्न आग्रह गर्नुहुँदै सफलताको शुभकामना व्यक्त गरे । प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend