२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

शैलुङ लगायतका क्षेत्रमा यस पटकको पहिलो हिमपात


सञ्चार डबली
  • बुधबार, माघ ३ २०८०
  • 10.1K
    SHARES

  • images
    शैलुङ लगायतका क्षेत्रमा यस पटकको पहिलो हिमपात


    काठमाडौं । दोलखा र रामेछापको संगमस्थल शैलुङ लगायतका क्षेत्रमा यस पटकको पहिलो हिमपात भएको छ । माघ लागेपछि माथिल्लो लेकाली भेगमा मंगलबार हिमपात भएको हो । दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ खोलाखर्क क्षेत्रमा मंगलबार पहिलो पटक हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए । उनका अनुसार मङ्सिर, पुसमा हिउँ नपरेको शैलुङ क्षेत्रमा माघ लागेपछि मात्र हिउँ परेको हो । मंगलबार उमाकुण्ड गाउँपालिकाको लाहाछेवर लगायता स्थानमा पनि हिउँ परेको स्थानीयले बताएका छन् ।

    हिउँ परेपछि बालीनाली राम्रो उत्पादन हुने भन्दै सो क्षेत्रका किसानहरू खुसी भएका छन् । हिउँले खाएको माटो मलिलो हुने तथा जमिनमा ओस पस्ने भएको कारण राम्रो उब्जनी हुने किसानहरू बताउँछन् । लेकमा हिउँ परेपछि तलका पानीका मूल फुट्ने र वातावरण संरक्षणको लागि समेत सहयोग पुग्ने विश्वास गरिन्छ ।
    रामेछापको माथिल्लो भेगमा आलु, गहुँ, उवा तथा गुडागुडी तथा तरकारी राम्रो उत्पादन हुने गर्दछ । हिउँ नपरेको वर्ष आलु राम्रो उत्पादन नहुने किसानहरू बताउँछन् । हिउँ परेसँग आलु राम्रो उत्पादन हुने भन्दै किसानहरू खुसी भएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend