२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित


सञ्चार डबली
  • मंगलबार, माघ २ २०८०
  • 9.2K
    SHARES

  • images
     प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

    काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिसले लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कोशीको भने यो लगातार तेस्रो हार हो ।कोशी प्रदेशले पहिला ब्याटिङ गर्दै ४८.२ ओभरमा सबै विकेट गुमाएर जम्मा १६६ रन बनाएको थियो ।

     कोशीका सुजन थपलियाले १०५ रनको शतकीय पारि खेल्दा अभ्यास तिम्सिनाले २३ रनको योगदान गरे । कप्तान अंकित सुवेदीले १० रन बनाउँदा अरु खेलाडीको प्रदर्शन बिर्सन लायक रह्यो ।

    कोशीलाई सस्तैमा रोक्ने क्रममा पुलिसका करण केसीले ३ विकेट लिँदा ललित राजवंशी र सुनिल धमलाले दुई–दुई विकेट लिए । यसैगरी रसिद खान, सागर ढकाल र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

    १६७ रनको जवाफी लक्ष्य पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । पुलिसलाई जित दिलाउनका लागि अर्जुन साउदले नटआउट ६२ रनको अर्धशतकीय पारि खेल्दा कप्तान दीपेन्द्रसिंह ऐरीले पनि ३८ रनको नटआउट पारि नै खेले । यसैगरी सुनिल धमलाले १६ तथा कुशल भुर्तेलले १२ रन बनाए । दिलीप नाथ ३१ रन बनाएर आउट भएका थिए । कोशीका कमल खत्रीले २ तथा सोनु मण्डलले १ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend