२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एशियन कपमा जापानको विजयी सुरुवात, भियतनाम ४-२ ले पराजित


  • आइतबार, पुस २९ २०८०
  • 9.6K
    SHARES

  • images
    एशियन कपमा जापानको विजयी सुरुवात, भियतनाम ४-२ ले पराजित

    काठमाडौँ, २९ पुस । जारी एशियन कप फुटबलमा जापानले विजयी शुरुवात गरेको छ ।

    आइतबार सम्पन्न समुह डी अन्तर्गतको खेलमा जापानले भियतनाममाथि ४-२ गोलको जित हासिल गरेको हो ।

    जापानको जितमा ताकुमी मिनामिनोले २ गोल गरेका थिए भने केइटो नकामुरा र अयासे उएडाले एक एक गोल गरेका थिए ।

    यस अघि खेलको ३३औं मिनेटमा भियतनामले जापानमाथि २-१ को अग्रता लिएको भएपनि सो अग्रता जोगाउन नक्सक्दा हार बेहोरेको थियो ।

    भियतनामका लागि एन्गुएन बाक र फाम तुआन हैले एक एक गोल गरेका थिए ।

    यो जितसँगै जापानले समुह डी मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ । अब जापानले अर्को खेल शुक्रबार इराकविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै भियतनामले अर्को खेल शुक्रबार नै इन्डोनेसियाविरुद्ध खेल्ने छ ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend