२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

पीएम कपमा पुलिस र लुम्बिनीको विजयी सुरुवात


  • शनिबार, पुस २८ २०८०
  • 10.7K
    SHARES

  • images
    पीएम कपमा पुलिस र लुम्बिनीको विजयी सुरुवात

    काठमाडौं, २८ पुस । आजदेखि शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्।

    नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ६८ रनले पराजित गरेको छ। पुलिसले दिएको २८३ रनको लक्ष्य पछाएको बागमतीले ४२.३ ओभरमा अल आउट हुदै २१४ रन बनाएको हो । यस अघि पहिला ब्याटिंग गर्दै पुलिसले ५० ओभरमा ८ विकेट गुमाउदै २८२ रन बनाएको थियो।

    त्यस्तै आजै भैरहवामा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ।

    गण्डकी प्रदेशले दिएको ११२ रनको लक्ष्य पछाएको लुम्बिनीले २८.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। यसअघि पहिला ब्याटिंग गरेको गण्डकी ३४.४ ओभरमा अलआउट हुदै १११ रन मात्र बनाएको थियो । खराब मौसममा कारण यो खेल ४२-४२ ओभर मात्र खेलाइएको थियो।
     



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend