२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

होफेनहेइममाथि बायर्न म्युनिखको ३-० को सहज जित


  • शनिबार, पुस २८ २०८०
  • 8.3K
    SHARES

  • images
    होफेनहेइममाथि बायर्न म्युनिखको ३-० को सहज जित

    काठमाडौँ, २८ पुस । बायर्न म्युनिखले जर्मन बुण्डेसलिगा अन्तर्गतको खेलमा होफेनहेइमलाई पराजित गरेको छ ।

    गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले होफेनहेइममाथि ३-० को शानदार जित हासिल गरेको हो ।

    बायर्न म्युनिखको जितमा जमल मुसियालाले २ गोल गरेका थिए भने ह्यारी केनले एक गोल गरेका थिए । यो ह्यारी केनको यस सिजनमा २२औं गोल हो ।

    आधा सिजनमा २२ गोल गरेर केनले यसअघि रोबेर्ट लेवानडोस्कीले राखेको रेकर्डको बराबरी गरेका छन् ।

    यस खेलमा होफेनहेइमका ग्रिस्चा प्रोमेलले खेलको ७४औं मिनेटमा रातो कार्ड पाएर मैदान छोडेका थिए ।

    यो जितपछि बायर्न म्युनिखको १६ खेलमा ४१ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

    त्यस्तै होफेनहेइमको भने १७ खेलमा २४ अंक रहेको छ र लिगमा सातौं स्थानमा छ ।
      



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend