२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बार्सिलोना स्पेनिस सुपर कोपाको फाइनलमा


सञ्चार डबली
  • शुक्रबार, पुस २७ २०८०
  • 6.5K
    SHARES

  • images
    बार्सिलोना स्पेनिस सुपर कोपाको फाइनलमा

    काठमाडौँ, २७ पुस । बार्सिलोना स्पेनिस सुपर कोपाको फाइनलमा पुगेको छ ।  गएराती सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की र लामिन यमलले एक एक गोल गरेका थिए ।

    अब फाइनलमा बार्सिलोनाको सामना रियल म्याड्रिडसँग हुने भएको छ ।  यस अघि रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई ५-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगिसकेको छ । अब सुपरकोपाको फाइनल एल क्लासिको हुने भएको हो ।  फाइनल खेल जनवरी १४ मा हुदै छ ।

    स्पेनिस सुपर कोपा ला लिगाको विजेता र उपविजेता तथा कोपा डेल रेको विजेता र उपविजेता खेल्ने गर्दछन् । यस सिजनमा रियल म्याड्रिड कोपा विजेता र ला लिगाको उपविजेता भएकाले ला लिगाको तेस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडले खेल्ने अवसर पाएको थियो ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend