२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

वार्मअप खेल, नेपालले नामिबियालाई ६ रनले पराजित गर्यो


सञ्चार डबली
  • शुक्रबार, पुस २७ २०८०
  • 9.0K
    SHARES

  • images
    वार्मअप खेल, नेपालले नामिबियालाई ६ रनले पराजित गर्यो


    काठमाडौं । आइसिसी यू–१९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अनौपचारिक वार्मअप खेलमा नामिबियालाई ६ रनले पराजित गरेको छ ।बर्षाले प्रभावित हुदा ३०–३० ओभर खेलाइएको यो खेलमा नेपालले दिएको १४२ रनको लक्ष्य पछाएको नामिबिया २९.५ ओभरमा अल आउट हुदै १३५ रन बनाएको थियो ।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ३० ओभरमा ९ विकेट गुमाउदै १४१ रन बनाएको थियो । यस अघि नेपालले स्कटल्याण्डसँग वार्मअप खेल खेलेको थियो । सो खेलमा नेपालले १३५ रनको फराकिलो जित हासिल गरेको थियो ।नेपाल औपचारिक वार्मअप खेल भने शनिबार स्कटल्याण्डसँग र मंगलबार वेस्टइन्डिजसँग खेल्ने तालिका रहेको छ ।

    जनवरी १९ देखि शुरु हुने यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने छ ।

    विश्वकप खेल्ने नेपाली टिमः
    देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend