२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

४० दिनमा रणवीर कपुरको एनिमल ९ सय करोडको क्लबमा


सञ्चार डबली
  • बिहीबार , पुस २६ २०८०
  • 9.4K
    SHARES

  • images
    ४० दिनमा रणवीर कपुरको एनिमल ९ सय करोडको क्लबमा

    काठमाडौं । रणवीर कपूरको फिल्म ‘एनिमल’ रिलिज भएको ६ हप्ता भैसकेको छ र आज पनि यो फिल्मले बक्स अफिसमा कमाइ गरिरहेको छ । पहिलेको तुलनामा फिल्मको दैनिक कलेक्सनमा ठूलो गिरावट आएपनि रणवीर कपुरको ‘एनिमल’ ले विश्वव्यापी बक्स अफिसमा धमाकेदार कीर्तिमान बनाउँदै गएको छ । जान्नुहोस् यो फिल्मले हालसम्म विश्वभर कति करोडको व्यापार गरेको छ ।

     डंकी र सालार जस्ता ब्लकबस्टर फिल्महरूको बीचमा रणवीर कपूरको ‘एनिमल’ ले बक्स अफिसमा लगातार कमाई गरिरहेको छ। सकनिल्कको रिपोर्टका अनुसार रणवीर कपूरको फिल्म ‘एनिमल’ ले बक्स अफिसमा ९०० करोडको विश्वव्यापी कलेक्सन गरेर इतिहास रचेको छ । यी ४० दिनको कमाईको तथ्याङ्क हुन्। रणवीर कपुरले फिल्म ‘एनिमल’ मार्फत यो ठूलो कीर्तिमान आफ्नो नाममा बनाएका छन् । 

     रणवीर कपुरको ‘एनिमल’ ले भारतमा पनि राम्रो कमाइ गरिरहेको छ । सकनिल्कका अनुसार फिल्मले पछिल्लो ४० दिनमा भारतमा ५५१.२१ करोड कमाएको छ ।  ‘पठान’ र ‘गदर २’ को कमाईको रेकर्ड पनि एनिमलले भारतमा राखेको छ । बलिउड हंगामाको रिपोर्ट अनुसार किंग खानको ‘पठान’ ले ५४३.०५ करोड र सनी देओलको  ‘गदर २’ ले ५२५.४५ करोडको व्यापार गरेको थियो । अब घरेलु बक्स अफिसमा ६४३.८७ करोड कमाउने शाहरुख खानको ‘जवान’को रेकर्ड ‘एनिमल’ले तोड्छ कि सक्दैन ? त्यो हेर्न बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend