२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 कारबाओ कपः  सेमिफाइनलको पहिलो लेगमा लिभरपुल विजयी


सञ्चार डबली
  • बिहीबार , पुस २६ २०८०
  • 7.8K
    SHARES

  • images
     कारबाओ कपः  सेमिफाइनलको पहिलो लेगमा लिभरपुल विजयी

    काठमाडौं । काराबाओ कपको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा लिभरपुल विजयी भएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जिताउन कर्टिस जुलियन र कोडी गाक्पोले एक एक गोल गर्दा फुलह्यामका विलियनले गरेको गोल अन्त्यमा सान्त्वनामा परिणत भयो ।

    १९ औं मिनेटमा विलियनले आन्द्रेस परेराको पासमा गोल गर्दै फुलह्यामलाई अग्रता दिलाएका थिए ।१ गोलले पछि परेको लिभरपुलले ६८ औं मिनेटमा बराबरी गरेको थियो । नुनेजको पासमा कार्टिस जुलियनले गोल गरेका थिए । 

    उनै नुनेजको पासमा ७१ औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि २–१ को अग्रता दिलाए । सोही अग्रता अन्तिमसम्म जोगाउँदै लिभरपुलले सेमिफाइनलको पहिलो लेगमा २–१ को जित निकाल्न सफल भयो । अब दोस्रो लेग २५ जनवरीमा हुने छ । उक्त लेगमा बराबरी खेल्दा पनि लिभरपुल फाइनलमा पुग्दा फुुलह्यामले भने फराकिलो जित निकाल्नु पर्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend